लन्डन– इंग्लिस प्रिमियर लिगमा इडिन हजार्डले २ गोल गरेपछि चेल्सीले सानदार जित निकालेको छ। चेल्सीले शनिबार भएको खेलमा ब्रिङ्टनलाई ४–० गोलले पराजित गरेको हो।
खेलको तेस्रो मिनेटमै गोल गरेर हर्जाडले चेल्सीलाई अग्रता दिलाए। छैटौं मिनेटमा मिडफिल्डर विलियनले १८ यार्ड टाढाबाट गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। ७७ मिनेटमा हजार्डले चेल्सीका लागि तेस्रो गोल गरेका थिए। खेल सकिन एक मिनेट बाँकी छदा मोसेसले चौथो गोल गरेपछि चेल्सीले ४–० को जित पक्का गरेको हो।
जितपछि चेल्सी २४ खेलबाट ५० अंक जोड्दै लिगको तेस्रो स्थानमा छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६२ र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।