मेलवर्न– अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा रसियन टेनिस सुन्दरी मारिया सारापोभामाथि एन्जिलिकी केर्वरले जित हात पारेकी छिन्।
२१ वरियताकी जर्मन खेलाडी केर्वनले महिला एकलको खेलमा सारापोभालाई ६–१ र ६–३ ले सहज रुपमा पराजित गरेकी हुन्। ६४ मिनेटमा जित हात परेको केर्वर जितसँगै चौथो चरणमा पुगेकी छिन्।
पुरुष एकलको खेलमा रोजर फेडेरर र नोभाक जोकोभिक चौथो चरणमा पुगेका छन्। जोकोभिकले अल्बर्ट रामोसलाई ६–२, ६–३ र र ६–३ को जित हात पारे। फेडेररले रिचार्ड गस्क्विटलाई ६–२, ७–५ र ६–४ ले पराजित गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।