काठमाडौं- समाजवादी पार्टीका एक नेतामाथि कपिलवस्तुमा गोली प्रहार भएको छ।
कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका अध्यक्ष रहेका रामनयन यादवमाथि बिहीबार दिउँसो गोली प्रहार भएको हो।
लवाडीबाट पकडी जाँदै गरेका बेला यादवमाथि मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ।
गोली प्रहार गर्नेको पहिचान हुन सकेको छैन। कुममा गोली लागेका यादवको जिल्ला अस्पताल तैलिहवामा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।