अमेरिका– विश्व १ सय मिटर दौडमा रजत पदक विजेता अमेरिकी खेलाडी क्रिस्चियन कोलम्यानले ६० मिटर इन्डोर दौडमा विश्व रेकर्ड बनाएका छन्। साउथ क्यारोलिनाको क्लेम्सनमा भएको प्रतियोगितामा उनले निर्धारित दौड ६ दशमलब ३७ सेकेन्डमा पूरा गर्दै विश्व रेकर्ड बनाएका हुन्।
यसअघि सो रेकर्ड अर्का अमेरिकी खेलाडी मौरिस ग्रिनको नाममा थियो। ग्रिनले सन् १९९८ र २००१ मा गरी २ पटक नै सो दौड ६ दशमलब ३९ सेकेन्डमा पूरा गरेका थिए।
एथलेटिक्सको विश्व प्रशासनिक निकाय आईएएएफले सो प्रदर्शनलाई मान्यता समेत दिएकोे छ।
आफ्नो प्रदर्शनपछि ट्विट गर्दै कोलम्यानले लेखेका छन्,‘यो मेरो करिअरका लागि निकै गज्जबको सुरुवात हो।’ योसँगै २१ वर्षका युवा खेलाडी कोलम्यानले प्रोफेसनल एथलेटका रुपमा आफ्नो पहिलो वर्ष शानदार ढंगबाट गुजारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।