काठमाडौं– प्रहरीले एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले सुनसहित एक जनालाई बुधबार साँझ पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ का ३२ वर्षीय पेम्बा दिण्डुप तामाङ छन्।
बा९प २७२६ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई थानकोटमा जाँच गर्ने क्रममा एक किलो सुन फेला परेको हो। कालो टेपले बेरेर कम्मरको पेटीमा ४ वटा टुक्रामा एक किलो सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। (सांकेतिक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।