काठमाडौं– मानव बेचबिखन तथा बलात्कार मुद्दाका फरार अभियुक्त विराटनगर महानगरपालिका–६ का ४१ वर्षीय वसन्त राजवशींलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत मोरङको २०७६ बैसाख १७ गतेको फैसला पश्चात उक्त मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
राजवंशीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।