वीरगन्ज– तेस्रो मधेस आन्दोलनका क्रममा वीरगन्जमा शहादत प्राप्त गरेका दीलिप चौरसियाका पिता रामेश्वर चौरसियाले शहिदको बलिदानको अवमूल्यन नगर्न मतदातालाई अपिल गरेका छन्।
वीरगञ्ज महानगरपालिकाको मुरलीचोकमा मंगलबार साँझ आयोजित चुनावी कार्यक्रममा मधेशवासीले उम्मेद्वार चिनेर मत हाल्नुपर्ने उनले बताए। शहिद परिवारको नाममा चन्दा असुलेर ट्रक खरिद गर्ने नेताहरुले देश र जनताको नभई आफ्नो लागि पद र शक्तिको दुरुपयोग गर्ने भएकोले त्यसप्रति सजग रहन पनि महानगरवासीलाई आग्रह गरे।
सभामा नेपाली कांग्रेस पर्साका सभापति एवम् वीरगन्ज महानगरपालिका प्रमुखका उम्मेदवार अजयकुमार द्विवेदीले जनताको अधिकार र सुख–सुविधाका लागि जेलनेल भोगेकालाई भोट दिने कि व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि भागदौडमा लागेकाहरुलाई दिने प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।