काठमाडौं- प्रदेश २ का सभामुख सरोज यादवको पाकेट मारेको आरोपमा पक्राउ परेर हिरासतबाटै फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको सुर्वण गाउँपालिका-४ हर्दिया टोलका १९ वर्षीय मुन भनिने रहमान मिया छन्।
उनले सभामुख यादवको साउन ३ गते सिम्रनगौढ बजारमा पाकेट मारेका थिए।
यादवको खल्तीमा रहेको ५ हजार उनले चोरेका थिए। उनलाई इलाका प्रहरी कार्यालय सिम्रनगौढको टोलीले पक्राउ गरेको थियो।
पक्राउ परेका मिया साउन ७ गते साँझ खना खाने बेला हिरासतको झ्यालबाट हाम फालेर भागेका भएका थिए।
हिरासतबाटै फरार भएका मनुले नै रौतहटको फतुवा विजयपुर नगरपालिका-१ बस्ने रमानन्द साह तेली कामको शिलशिलामा गौर बजारमा हिड्दै गर्दा ६ हजार रुपैयाँ पाकेट मारेका थिए।
पाकेटमारी गर्दै गरेका बेला उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।