जलेश्वर(महोत्तरी)– महोत्तरी जिल्लाको सिस्वामनरा नगरपालिकाको वडा नम्बर ८ को दलित उम्मेदवारमा नेपाली कांग्रेसकी संजोगिया देवीको एक मात्र नाम परेको छ।
मनरा सिस्वा नगरपालिकाका निर्वाचन अधिकृत यामबहादुर बाँनियाले वडा नं. ८ को दलित सदस्यमा संजोगियाको मात्र नाम परेको जानकारी दिए। निर्वाचनको गतिविधि चलिरहेकै कारणले अहिलेसम्म विजयी घोषणा गर्न नसकिएको उनले बताए। उनलाई मतगणना पश्चात प्रमाणपत्र दिने बताए।
महोत्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले अहिले नै विजयी घोषणा गर्न नमिल्ने बताए।
सो वडामा १ हजार ७ सय ५९ मतदाता रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।