काठमाडौं– कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको गोली हानेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गोली चलाएको आरोपमा प्रहरीले सडक डिभिजन कार्यालयका पूर्वइन्जिनियर शुभाकर खनाललाई पक्राउ गरेको हो।
तर खनालले नै गोली चलाएको भन्ने पुष्टि भइनसकेको प्रहरीले जनाएको छ।
व्यक्तिगत रिसिइबीका कारण खनालले गोली चलाएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसनधान अघि बढाएको छ।
पक्राउ परेका खनालको घरबाट प्रहरीले दुई थान हतियार र ५० राउन्ड गोलीसमेत बरामद गरेको जनाएको छ। उक्त हतियार लाइसेन्सप्राप्त भएको बताइएको छ। बरामद गरिएका हतियारबाट नै गोली चले नचलेको यकिन गर्न फरेन्सिक जाँचका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।
सोमबार राति साढे ८ बजे शर्माको घरको दोस्रो तलामा गोली भेटिएको थियो।
गोली तारको जाली छेडेर भित्र पसेको भएपनि कुनै मानवीय क्षति भएको थिएन।
शर्माकी छोरी पढिरहेको अवस्थामा गोली कोठामा प्रवेश गरेको थियो।
उक्त गोली सानो पेस्तोल एयर गनको भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।