काठमाडौं– पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा एयरगनको गोली भेटिएको छ। सोमबार राति साढे ८ बजे शर्माको घरको दोस्रो तलामा गोली भेटिएको हो।
गोली तारको जाली छेडेर भित्र पसेको भए पनि कुनै मानवीय क्षति नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। शर्माकी छोरी पढिरहेको अवस्थामा गोली प्रहार भएको थियो। यसबारे अनुसन्धान भइरहे पनि अहिलेसम्म कुनै प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ।
उक्त गोली सानो पेस्तोल एयरगनको भएको प्रहरीले जनाएको छ। ‘गोली एयरगनको देखिन्छ। यो खालको हतियार सुरक्षा निकायले बोक्दैनन्। लाइसेन्स प्राप्त व्यक्तिबाट हतियार खेलाउँदै गर्दा प्रहार भएको हुन सक्ने जस्तो देखिन्छ,’ डिएसपी बोगटीले भने, ‘हामीले अनुसन्धान गरिरहेका छौं।’ (प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।