काठमाडौं– नेसनल बैंकिङ इन्सिटिच्युट (एनबिआई) ले नेपाली बैंकरलाई कर्जा सेवाबारे अन्तर्राष्ट्रिय स्तरको तालिम दिने भएको छ। यसका लागि अन्तर्राष्ट्रिय तालिम प्रदायक कम्पनी ओमेगा पर्फरमेन्ससँग बिहीबार सम्झौता भएको छ।
सिंगापुरमा भएको सम्झौतामा एनबिआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र ओमेगाका एसिया पेसिफिक डाइरेक्टर विल्ली टेनले हस्ताक्षर गरे। सम्झौताअनुसार एनबिआइले ओमेगाको स्थानीय साझेदारका रुपमा विभिन्न अन्तर्राष्ट्रियस्तरको बैंकिङ तथा व्यवस्थापन सम्बन्धि सेवा नेपाली बजारमा उपलब्ध गराउने छ। जसको प्राविधिक सहयोग ओमेगाको सिंगापुर कार्यालय र भारतस्थित सर्पोट डिभिजनले गर्नेछन्।
ओमेगा विभिन्न एजुकेशनल प्रोग्राम सञ्चालन गर्ने अन्तराष्ट्रिय संस्था हो। यसले सेल्फ–पेस, इ–लनिङ, वर्कसप मार्फत विभिन्न तालिम प्रदान गर्दै आएको छ। यसले संचालन गर्ने कोर्ष महंगो हुँदा हालसम्म नेपालमा स्ट्याण्डर्ड चार्टर्ड एवम लक्ष्मी बैंकमार्फत केही उच्च पदका कर्मचारीले मात्र तालिम लिएका छन्।
सम्झौतासँगै नेपाली बैंकरका लागि कर्जासम्बन्धीत विभिन्न तालिमहरु कम शृल्कमा प्राप्त हुने एनबिआइको दावी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।