काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ । वाणिज्य बैंकले गाभ्ने प्रस्ताव पारित गर्न माघ २० गते विशेष साधारणसभा बोलाएको हो।
साधारणसभाले सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ बराबर १ अनुपात हुने सहमतिलाई समेत पारित गर्ने जनाएको छ। यसका साथै दुवै बैंक गाभिने प्रयोजनकालागि खुदसम्पत्ति मूल्यांकनका लागि मूल्यांकनकर्ताको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ।
यता एनआइडिसी डेभलपमेन्ट बैंकले भने गाभिने प्रस्तावलाई पारित गर्न माघ १९ विशेष साधारणसभा बोलाएको छ।
हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ भने एनआइडिसी डेभलपमेन्ट बैंकको चुक्तापुँजी ४१ करोड ५८ लाख रुपैयाँ रहेको छ। दुबै बैंक एकआपसमा गाभिएपछि बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ पुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।