म्याड्रिड– स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले कठिन जित दर्ता गराएको छ।
रियलले बिहीबार राति भएको खेलमा लेगानेसलाई १–० ले पराजित गरेको हो। रियलको जितमा मार्को एसेन्सियोले निर्णायक गोल गरे। खेल सकिन एक मिनेट बाँकी छदा एसेन्सियोले थियो हर्नान्डेजको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए।
पछिल्ला पाँच मध्ये एक खेलमा मात्र जित निकालेको रियलका प्रशिक्षक जिनेदिन जिदानले स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र गारेथ बेललाई लेगानेस विरुद्धको खेलमा आराम दिएका थिए।
प्रतियोगिताअन्तर्गत बुधबारभएको खेलमा बार्सिलोनालाई इस्पान्योलले १–० ले पराजित गरेको थियो।बार्सिलोनाले गत अगस्टमपछि पहिलो पटक पराजय भोगेको हो।
अन्य खेलमा सेभिल्लाले एट्लेटिको म्याड्रिडलाई २–१ ले हराएको थियो भने भ्यालेन्सियाले एलाभेसलाई पनि २–१ ले नै पराजित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।