काठमाडौं– काठमाडौं, सुर्खेत, स्याङजा, मोरङ, बारा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं, नागर्जुन नगरपालिका-४ बाफलस्थित चन्द्रागिरी नगरपालिका-६ घर भएका २४ वर्षीय सुजन खड्का समेत २ जनालाई नियन्त्रित लागु औषध नोर्फिन ४५ एम्पुल, डाईजेपाम ४५ एम्पुल र फेनरागन ४५ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका-१० स्थित मुस्कान अटो ग्यारेज सञ्चालन गरी बस्ने २४ वर्षीय मनु राईलाई अवैध लागुऔषध ब्राउनसुगर २ ग्राम २ सय मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
त्यसैगरी स्याङजा प्रहरीका अनुसार वालिङ नगरपालिका-१० भकुण्डेस्थित स्याङ्जा भिरकोट नगरपालिका-५ बस्ने २६ वर्षीय भीमबहादुर सेनसहित ४ जनालाई अवैध लागुऔषध ब्राउनसुगर १६ दशमलव ५ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरिएको छ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख १२६७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी, मोरङको केराबारी गाउँपालिका-१० बगैचास्थित सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय अमित खवास समेत ५ जनालाई अवैध लागुऔषध गाँजा करिब १ केजी २ सय ५० ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
उता बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भारत घर भएका ३२ वर्षीय सलमगिर देवानलाई अवैध लागुऔषध गाँजा करिब ४ केजी सहित सोमबार बिहान प्रहरीले पक्राउ परेका छन्। ग ३ प ९०४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक देवानलाई उक्त परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
सुनसरी, बर्जु गाउँपालिका–३ केशलिया खोला नजिकबाट भारत अरिया ग्रामपंचायत–१२ बस्ने २० वर्षीय बिकेश कुमार रायलाई अवैध लागुऔषध गाँजा करिब १२ केजी सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।