याङ्गुन- म्यानमार प्रहरीले राखिने प्रान्तका एकजना प्रसिद्ध वौद्धमार्गी सांसदलाई बिहीबार पक्राउ गरेको छ। जातीय द्वन्द फैलाउन गैरजिम्मेवार भूमिका खेलेको भन्दै प्रहरीले तल्लो संसदका सदस्य आय माउङलाई पक्राउ गरेको त्यहाँकाे सरकारी सञ्चार संस्थाले जनाएको छ।
उनले मानवीय क्षति हुनेगरी घटनाहरू भइरहेको राज्यमा हिंसा फैलाउन आन्तरिक तवरबाट काम गरिरहेको आरोप लगाइएको छ।
गत मंगलबार एउटा सरकारी कार्यालय नियन्त्रणमा लिन खोजेका बेला प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ७ जनाको मृत्यु भएको थियो। घटनामा अरु दर्जनौं घाइते भएका थिए।
गत सोमबार माउङ राष्ट्रवादी राजनीतिक नेताविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको र सैन्य संघर्ष गर्ने ‘सही समय’ आएको भन्दै उत्तेजित अभिव्यक्ति दिएको सरकारी पक्षको आरोप छ।
त्यसपछि राखिने प्रान्तमा रहेको ऐतिहासिक मन्दिर परिसर एमरक युमा हजारौंको संख्यामा वौद्ध धर्मावलम्बी प्रदर्शनकारी र सुरक्षा अधिकारीबीच झडप भएको थियो।
१० लाखभन्दा बढी रोहिंग्याहरुको बासस्थानका रुपमा रहेको राखिने प्रान्तका ६ लाख ४० हजारभन्दा बढी रोहिंग्या गत अक्टोबर २५ बाट सुरु भएको सैनिक दमनको कारण ज्यान जोगाउन भागेर बंगलादेश पुगेका छन्। रोहिंग्या मुसलमानप्रति भएको सैनिक दमनका कारण केही महिनायता सो राज्य तनावग्रस्त छ। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।