काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ। शुक्रबार ११ बजेदेखि पुन बैठक बस्ने गरी बिहिबारको बैठक टुंगिएको छ।
बैठकमा पार्टी सभापति शेर बहादुर देउवाको नेताहरुले आलोचना गरेका थिए। निर्वाचनमा पराजयको विषयलाई लिएर त्यसको गम्भीर समिक्षा गर्न नेताहरुले माग गरेका थिए। देउवाले भने निर्वाचनको समिक्षा पछि गर्ने भन्दै अहिले राष्ट्रियसभा निर्वाचनका विषयमा बोल्न आग्रह गरेका थिए।
त्यस्तै प्रदेशको अस्थायी राजधानी निर्धारण र प्रदेश प्रमुख नियुक्तिको विषयमा पनि आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।