काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घुससहित अध्यागमन विभागका नायव सुब्बा कोषराज भट्टराईलाई नियन्त्रणमा लिएको छ।
भिसाको म्याद थप गर्ने प्रयोजनका लागि घुस लिँदै गरेको अवस्थामा कालिमाटीबाट अख्तियार टोलीले भट्टराईलाई पक्राउ गरेको हो।
थप अनुसन्धानका लागि उनलाई अख्तियारको हिरासतमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।