काठमाडौं- हलिउडका कलाकार सम्मिलित फिल्म 'चेन्जिङ स्याडो'को निर्माण भएको छ। फिल्ममा क्याथरिन फराह, सब्ना गार्डनर, जुलियन ग्राहम, मार्क सी हानसनलगायत कलाकारको मुख्य भूमिका रहनेछ।
निर्देशक अनिल थापाले फिल्मको लेखन, निर्माण एवम् निर्देशन गरेका हुन्। ३४ मिनेटमात्रै लामो फिल्मका दृश्यहरु अमेरिकाको लस एन्जलसका विभिन्न स्थानमा छायाँकन गरिएको छ।
केही वर्ष अघिबाट छायाँकन गरिएको फिल्मको निर्माण हालसालै सम्पन्न भएको निर्देशक थापाले बताए।
प्रयोगको रुपमा छोटो फिल्मको निर्माण गरिएको थापाको भनाइ छ। अमेजन र आई ट्युन्सजस्ता अनलाइन प्लेट फर्मले छोटा फिल्मलाई पनि महत्व दिएर प्रस्तुत गर्ने हुनाले पनि यस्ता फिल्मतर्फ आकर्षण बढेको निर्देशक थापाको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।