इलाम– इलाम सदरमुकाममा सम्पन्न जिल्ला फुटबल संघको छैटौं अधिवेशनले महेश श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ। बिहीबार सम्पन्न अधिवेशनले तीन जना उपाध्यक्षमा क्रमशः विक्रम श्रेष्ठ, मणीकुमार गुरुङ र महानन्द भक्तराजलाई चयन गरेको छ। यसैगरी, महासचिवमा रजत खड्का र कोषाध्यक्षमा सुवास राइ मनोनित भएका छन्।
संघको महिला सदस्यमा अस्ना श्रेष्ठ छानिएकी छिन्। यस्तै, सदस्यहरुमा निरोज खड्गी, ज्ञानबहादुर राई, डिडेन देवान, सेवक देवान, चिरञ्जीवी निरौला, दिपेश गुरुङ, मोहनकुमार राई र विजयकुमार सुब्बा अशोक चयन भएका छन्।
संघको पहिलो बैठकले चार जना फुटबलसँग सम्बन्धित क्लबका प्रतिनिधिलाई सदस्यमा मनोनित गरेको छ। जसमा होलीबोध फुटबल क्लबबाट प्रकाश दुलाल, त्रिवेणी युथ क्लबका पवनकुमार श्रेष्ठ, देउराली स्पोर्टिङ फुटबल क्लबका लिल बुर्जा र क्लब ओएसिसका प्रज्वल मुखिया मनोनित भएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए। संघको कार्यकाल चार वर्षको हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।