काठमाडौं- सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा उच्च अदालतका ३ जना न्यायाधीशको सिफारिस भएको छ।
उच्च अदालतमा कार्यरत बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंक मोक्तानको नाम न्यायपरिषदले सिफारिस गरेको हो। बुधबार बसेको न्यायपरिषदको बैठकले १९७ जना जिल्ला न्यायाधीशको सरुवा र पदस्थापन गरेको थियो।
संविधानमा सर्वोच्च अदालतमा २१ जना स्थायी न्यायाधीश कार्यरत रहने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।