काठमाडौं- काठमाडौंको चाबहिलमा फोहोरमा फालिएको नवजात शिशुको प्रहरीले उद्धार गरेको छ।
बिहीबार बिहान चाबहिल चोक नजिकै करिब ५ दिनको शिशु भेटिएको हो।
फोहोरमा बच्चा रोइरहेको सुनेर स्थानीयले खबर गरेपछि बच्चाको उद्धार गरी अस्पताल पुर्याइएको महानगरीय प्रहरी वृत्त गौशलाका प्रहरी निरीक्षक राजकुमार राईले बताए। झोलामा राखेर फोहोरभित्र बच्चा फालिएको थियो। बच्चालाई केएमसी अस्पतालमा राखिएको छ।
अवैध सम्बन्धबाट जन्मिएको बच्चा तिनकै आमाले फालेको हुन सक्ने प्रहरी अनुमान छ। उनको खोजी भइरहेको राईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।