काठमाडौँ– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान माथि उक्लिएको छ। फिफाले जारी गरेको नयाँ वरीयता सूचीमा नेपाल १६५औं स्थानमा छ। अघिल्लो महिना नेपाल १७१ औँ स्थानमा थियो।
सार्क क्षेत्रमा नेपाल तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको भारत १०२औं स्थानमा छ। भारत ३ स्थानमा माथि उक्लिएको हो। दोस्रो स्थानको माल्दिभ्स १५०औं स्थानमा छ। त्यस्तै, नेपालभन्दा मुनि भुटान १८८, बंगलादेश १९७, श्रीलंका २०० र पाकिस्तान २०१ औँ स्थानमा छन् ।
बंगलादेश, श्रीलंका र पाकिस्तान एसिया वरीयताको पनि पुछारमा रहेका टिम हुन्।
विश्व बरियताको शीर्ष स्थानमा जर्मनी रहँदा दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाँचौँमा बेल्जियम छन् । छैटौँमा स्पेन, सातैाँमा पोल्याण्ड, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा फ्रान्स र दशौँ स्थानमा चिली छन् । शीर्ष दश स्थानमा कुनै परिवर्तन भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।