काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक भेटघाट अबदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मात्रै गर्ने भएका छन्।
अध्यक्ष दाहालको नयाँ निवास खुमलटारमा भेटघाट गर्नेहरूको भीड बढ्न थालेपछि यस्तो रणनीति अपनाइएको हो।
दाहाललाई भेट्न दिनहुँ सयौंको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि सबै भेटघाटको कार्यक्रम पेरिसडाँडाबाट गर्न लागिएको दाहालका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए।
प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार दाहाल आफैंले बोलाएका व्यक्तिले बाहेक अरुले खुमलटार निवासमा भेट पाउने छैनन्।
पार्टी कार्यालयबाटै भेटघाट गर्दा त्यसले समयको व्यवस्थापन गर्न, पार्टीका अन्य नेताहरुलाई पनि जिम्मेवारी दिन सजिलो हुने भएकाले अध्यक्ष दाहालसँगको परामर्शमा सचिवालयले यस्तो निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।