पर्सा- पर्सा जिल्लाको विरगन्ज महानगरपालिका १६ स्थित रजतजयन्ती ईलाकाबाट एपिएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन जिल्लाको भरतपुर महानगरपालिका १० बस्ने ४० वर्षीय राजुप्रसाद सापकोटा छन्। उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।
गस्तीमा खटिएको एपीएफ टोलीले निज सापकोटालाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम २० वटा, नोफिन २० वटा र फेनारागन २० वटा फेला परेपछि उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो।
एपीएफ टोलीले पक्राउ परेका सापकोटालाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।