पेरिस- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग जर्मनीकी चान्सलर एन्जेला मर्केलले शुक्रबार भेटवार्ता गर्ने भएकी छन्।
फ्रान्सको राष्ट्रपति कार्यालयले दुई जनाका बीचमा पेरिसमै वार्ता हुने तय भएको बुधबार जनाएको छ।
राष्ट्रपति कार्यालयका अनुसार युरोपेली संघको पुर्नगठन, संघको भविष्य र भावी प्राथमिकताका विषयमा छलफल केन्द्रित हुनेछ।
चान्सलर मर्केलले आउँदो आइतबार जर्मनीका झन्डै ६ सय जना सोसियल डेमोक्रेट्स प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।
नेतृ मर्केल गत १२ वर्षदेखि जर्मनीको राजनीतिक नेतृत्व र शक्तिमा छिन्। उनले यो भेटघाटपछि जर्मनी र युरोपका लागि नयाँ र ताजा कदम चाल्ने अपेक्षा गरिएको छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।