दुबई– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले 'क्रिकेट टिम अफ दि इयर' घोषणा गरेका छ।
आइसिसीले टेस्ट टिम र एकदिवसवीय टिम घोषणा गरेको हो। दुवै टिमको कप्तानमा भारतका विराट कोहली चुनिएका छन्। कोहलीले आइसिसीको वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पनि हात पारेका थिए।
२१ सेप्टेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१७ सम्म गरेको प्रदर्शनको आधारमा टिम घोषणा गरिएको हो। कोहलीसहित चार खेलाडीले एकदिवसीय र टेस्ट दुवै टिममा स्थान पाएका छन्। जसमा अस्ट्रेलियाका डेभिड वार्नर, इंग्ल्यान्डका बेन स्टोक्स र दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्वान्टन डे कक छन्।
आइसिसी टेस्ट टिम
१. डिन इल्गर (दक्षिण अफ्रिका)
२. डेभिड वार्नर (अस्ट्रेलिया)
३. विराट कोहली (कप्तान) (भारत)
४. स्टेभिन स्मिथ (अस्ट्रेलिया)
५. चेतेश्वर पुजारा (भारत)
६. वेन स्टोक्स (इंग्लान्ड)
७. क्वान्टन डे कक (विकेटकिपर) (दक्षिण अफ्रिका)
८. रविचन्द्रन आश्विन (भारत)
९. मिचेल स्टार्क (अस्ट्रेलिया)
१०. कागिसो राबाडा (दक्षिण अफ्रिका)
११. जेम्स एन्डर्सन (इंग्ल्यान्ड)
आइसिसी एकदिवसीय टिम
१. डेभिड वार्नर (अस्ट्रेलिया)
२. रोहित शर्मा (भारत)
३. विराट कोहली (कप्तान) (भारत)
४. बाबर अजाम (पाकिस्तान)
५. एबी डिभिलियर्स (दक्षिण अफ्रिका)
६. क्वान्टन डे कक (विकेटकिपर) (दक्षिण अफ्रिका)
७. वेन स्टोक्स (इंग्ल्यान्ड)
८. ट्रेन्ट बाउन्ट (न्युजिल्यान्ड)
९. हसन अली (पाकिस्तान)
१०. रसिद खान (अफगानिस्तान)
११. जसप्रित बुमराह (भारत)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।