दुबई– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) वर्ष खेलाडीको अवार्ड जितेका छन्। आइसिसीले गत वर्ष उत्कृष्ट ब्याटिङ गरेका कोहलीलाई उत्कृष्ट क्रिकेटरको अवार्ड प्रदान गर्ने बिहीबार जनाएको हो।
कोहलीले गत वर्ष टेस्टमा २२ सय ३ रनसहित ८ शतक प्रहार गरेका थिए। यस्तै उनले एकदिवसीय खेलमा १८ सय १८ रन सहित ७ सतक प्रहार गरे। कोहलीले टी–२० भने २ सय ९९ रन बनाए।
कोहलीलाई आइसिसीले एकदवसीय खेलतर्फ पनि उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको छ। कोहलीले गत वर्ष ७६.८४ को औसतमा रन बनाए।
टेस्टतर्फ अस्ट्रेलियाका कप्तान स्टेभिन स्मिथ उत्कृष्ट खेलाडी घोषित भए। स्मिथले एसेजमा २ सय ४२ रन जोड्दा वर्ष भरी १६ टेस्ट खेलेर १८ सय ७५ रन जोडे। उनले ८ शतक प्रहार गर्दा ५ अर्धशतक हिर्काए।
भारतका युजभेन्द्र चहाल टी–२० तर्फको उत्कृष्ट खेलाडी चुनिए। उनले इंग्ल्यान्ढ विरुद्धको खेलमा ६ विकेट लिन २५ रन खर्चिएका थिए।
पाकिस्तानका हसन अली इमर्जिङ क्रिकेटर भए। उनले च्याम्पियन्स ट्रफीमा १३ विकेट लिँदै पाकिस्तानलाई च्याम्पियन बनाएका थिए।
अफगानिस्तानका रसिद खानले एसोसिएट खेलाडी अवार्ड जिते भने पाकिस्तानले फ्यान अवार्ड जित्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।