मेक्सिको सिटी- मेक्सिकोको उत्तरपश्चिम शहर नायारिटमा सामूहिक चिहान भेटिएको छ। सामूहिक चिहानमा कम्तीमा ३२ जनाको शव भेटिएको अधिकारीहरूले जानकारी दिएका छन्।
'शुरुमा शनिबार एक ठाँउमा शवहरू भेटिएका हुन्, त्यहाँ नौ वटा शव थिए,' एक सरकारी अधिकारीले नाम नबताउने सर्तमा भने। उनका अनुसार शव भेटिएको ठाँउ ग्रामीण क्षेत्र पर्दछ, तर केरा लगाइएको ठाँउबाट धेरै टाढा छैन।
त्यस बाहेक अन्य ठाँउमा पनि खोज्दै जाँदा ३२ वटा शव भेटिएको र त्यसलाई निकालिएको स्रोतले जनाएको छ। सामूहिक चिहानमा शव खोज्नेहरूले अहिले पनि घटनास्थलमा खोजी कार्य जारी राखेकाले अरू पनि भेटिनसक्ने अनुमान गरिएको छ।
सामूहिक चिहान भेटिएका ठाँउहरूमा ठूलो अमानवीय हिंसा भएको थियो। अधिकारीहरूका अनुसार गत वर्ष त्यस ठाँउबाट १ सय १७ जना हराइरहेका थिए।
मेक्सिकोमा सन् २००६ देखि भइरहेको हिंसामा परी अहिलेसम्म दुई लाख जनाको मृत्यु भइसकेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।