बाजुरा- साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ।
सडक निर्माणका क्रममा सडकको छेउ र माथिपट्टि रहेका ढुंगा फुटाउनुपर्ने भएकाले सडकमा आवतजावत गर्ने सवारीका साधनमा रोक लगाइएको पीएस कन्सट्रक्सन कम्पनीका प्रेमबहादुर थापाले बताए।
ढुंगा फुटाउने क्रममा विभिन्न दुर्घटना हुने भएकाले सार्वजनिक सूचनामार्फत यातायात व्यवसायी, स्थानीय लगायतलाई जानकारी गराएको थापाले जानकारी दिए। सडक निर्माणमा बाधा नपुर्याउन पनि कम्पनीले सबैमा आग्रह गरेको छ।
मार्तडीसम्म चल्ने सवारीका साधन अब बूढीगंगा नगरपालिकाको बल्देमा मात्र चल्ने भएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।