• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन १८, २०८२ Mon, Mar 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

पलेँटीमा अरुण थापाको सम्झना, विक्रमलाई साथ दिँदैछिन् मीना

64x64
नेपाल लाइभ शनिबार, साउन ११, २०७६  १४:४५
1140x725

काठमाडौं- नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा संगीतकार विक्रम गुरुङका सांगीतिक सृजनाहरू प्रस्तुत भएका छन्। शुक्रबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा गुरूङले संगीत भरेका १४ वटा गीतहरू प्रस्तुत भए। हङकङमा शिक्षण पेसा गरेर सेवा निवृत्त भएका गुरुङ पलेँटीका निम्ति दुई हप्तापहिले काठमाडौं आएका हुन्।

संगीतकार विक्रमले सीमित गीतहरूमा धुन भरेका छन्। तर उनले भरेका धुनहरू गुणका हिसाबले अब्बल सुनिन्छन्। गुरूङले संगीत भरेको गीत ‘कतै टाढा तिमीबाट पुगेँ भने, कल्पेर नबस्नु’ गायक अरूण थापाको जीवनकै पहिलो रेकर्डेड गीत थियो।

कार्यक्रमको सुरुवात त्यही गीतबाट भयो। गाउन थाल्नु पहिल्यै विक्रमले आफ्ना मित्र अरूणलाई सम्झिए, 'अरूणसँग पोखरामा भेट हुँदा उनीसँग आफ्ना गीत थिएनन्। उनी लोकप्रिय हिन्दी र नेपाली गीत गाउँथे। मेरा पनि आफ्ना धुन थिएनन्, सुरुमा म पनि बिना बाजा राजा महेन्द्रको ‘फेरि उसैका लागि’ मा संगृहीत गीत आफ्नै सोखका निम्ति नयाँ धुनमा गुनगुनाउन प्रयास गर्थेँ तर अरूणसँगको भेटपछि भने हामी दुवैलाई केही नयाँ गीत बनाउनुपर्छ भन्ने लाग्यो। हामी गितार र कलम लिएर बस्न थाल्यौं र केही गीत जन्मिए।'

गीतमा प्रवेश गर्नु पहिले विक्रमले मित्र अरूण थापाप्रति शब्द श्रद्धाञ्जली अर्पण गर्दै पहिलो रचनामा प्रवेश गरे- ‘कतै टाढा तिमीबाट पुगेँ भने!’

अरूणकै सन्दर्भ जोड्दै विक्रमले दोस्रो गीत सुनाए ‘आँखाको निँद खोसी लाने, हृदयको तरंग छेडी जाने’।

अरूण थापाले गाएका अधिकांश गीतहरू अत्यधिक लोकप्रिय बनेका छन्। विक्रम गुरुङकै शब्द रचनाको ‘आँखाको निँद’ पनि लोकप्रिय भयो। आम स्रोता र संगीतका मर्मज्ञ दुवैथरीले रुचाए यो गीतलाई। कार्यक्रम सञ्चालकले अरुण थापासँगको सन्दर्भ कोट्याउँदै विक्रमसामु जिज्ञासा राख्दा विक्रम आफ्नो सांगीतिक विगतमा डुब्थे र अरूणका बारे बोल्दै गर्दा मुहारमा संवेदनशील भावुकता झल्केको देखिन्थ्यो।

गम्भीर स्वभावका संगीतकार विक्रमले सुनाएको तेस्रो गीत थियो- ‘जति माया आफ्नो लाग्छ, त्यति माया तिम्रो पनि’।

गीतकार प्रकट पगेनीले लेखेको यो गीत रेकर्ड नभएका शृंखलामा रहेको गीत थियो। तर यो गीतसँग पनि अरूण थापाकै कथा जोडिएको रहेछ। विक्रमले पछिल्लो चरणमा धुन भरेका केही गीत अरूणको स्वरका निम्ति छानेका रहेछन्। रेकर्डिङको प्रबन्ध पनि भइसकेको रहेछ। हङकङबाट बिदामा आएका बखत अरूणलाई खोजेर स्टुडियोमा ल्याइएछ। अरुणलाई सुरुमा विक्रमले चिन्नै सकेनछन्। अरूणलाई चिन्न नसक्नुको कारण लामो अन्तरालपछिको भेट मात्र थिएन। अरूणको तत्कालीन शारीरिक अवस्था चाहिँ थियो। अरूण निकै कमजोर भइसकेका थिए। विक्रमले भावुक हुँदै त्यो भुल्न चाहेको क्षणलाई सम्झिए, ‘त्यतिबेला अरूणको मनले जीवनको महत्व बुझ्न थालेको थियो कि झैं लाग्थ्यो। तर उसको शरीर उसलाई साथ दिन नसक्ने अवस्थामा पुगेको रैछ। अरूणले नयाँ गीतहरू गाउन प्रयास गर्‍यो तर उसको शरीरले साथ दिएन। म रेकर्डिङको काम अधुरै छोडेर हङकङ फर्कें। उता पुगेको केही समयमै अरूणले संसार छोडेको खबर सुन्नुपर्‍यो।'

Ncell 2
Ncell 2

अरूणको निम्ति छुट्याइएको धुन सुनाइरहेका विक्रमको मुखाकृति हेर्दा लाग्थ्यो, गायक अरूण विक्रमकै छेउछाउमा गुमसुम बसेका छन्।

चौथो प्रस्तुतिमा मात्र संगीतकार विक्रमको दाहिनेतिर बसिरहेकी गायिका मीना निरौलाको स्वर सुनियो- ‘विरह चले जस्तो लाग्छ, पहाड सुके जस्तो लाग्छ’।

संगीतकार विक्रममा फुर्सदका बेला पोखरा वरपरका गाउँ घुम्ने चाहना उहिलेदेखि रहेछ। गुरुङ गाउँका अधिकांश हट्टाकट्टा युवाहरू लाहुरे बन्ने परिवेशलाई मनन गरेर बुनेको गीतमा गाउँमा रहेका एक्ला यौवनाहरूको मनोभावलाई समेटिएको थियो। 

गायिका मीनाले संगीतकार विक्रमका थप ३ वटा गीत- मेरो भाग्य मैसँग रिसाए जस्तो, किन मुटुको ढुकढुकी बढ्यो र रात राम्रो तारा जूनले सुनाएकी थिइन्; जसमा विक्रम गुरुङकै शब्द रहेका थिए। मीनाको स्वरमा विक्रमका सांगीतिक रचनाहरू राम्ररी सुहाएको सुनिन्थ्यो। अहिलेकी लोकप्रिय गायिका मीना लामो समयदेखि पलेँटीमा सम्बद्ध रहँदै आएकी गायिका हुन्।

संगीतकार विक्रमको पलेँटीको पहिलो चरणमा उनको सांगीतिक जीवनको आरम्भसँगै अरुण थापासँगको संगत जोडिएको थियो। दोस्रो चरणमा उनको क्याप्पस र विश्वविद्यालयको अध्ययनसँगै उनका साहित्यिक मित्रहरूसँगको संगत र त्यसको परिवेशमा रचना भएका गीत र तेस्रो चरणमा उनको नेपाल र हङकङको अध्यापन काल र त्यही परिवेशमा सिर्जना भएका गीत प्रस्तुत भएका थिए।

गायक अरूण थापाको सन्दर्भबाट सुरु भएको कार्यक्रम उनकै सन्दर्भमा आएर समापन भएको थियो। अरूणकै निम्ति सिर्जना भएर रेकर्ड हुन नपाएको अर्को रचना- ‘एक युगपछिको तिम्रो स्मृति’ गाइसकेर भावुक बनेका विक्रमतिर फर्केर कार्यक्रम सञ्चालक संगीतकर्मी आभासले भने- ‘विक्रम दाइ! मित्र बितेर गए पनि मित्रता सधैं अमर रहन्छ! कार्यक्रमको समापन तपाईं र गायक अरुण थापा दाइको मित्रताको उत्सवपूर्ण सम्झनाबाट गरौं।‘

मुसुक्क हाँस्दै विक्रमले हार्मोनियममा औंला चाल्दै कार्यक्रमको समापन गीत सुनाए- ‘भुलूँ भुलूँ लाग्यो मलाई...’ गीतको अन्तिम अन्तरा सकिसकेपछि पनि विक्रमको मुहारमा भने अरूणकै सम्झना घुमेझैं अनुभूत हुन्थ्यो। 

पलेँटीमा वाद्यवादनतर्फ बेस गिटारमा अम्बर गुरुङ ‘पोखरेली’, किबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान र प्रकसनमा पारस सुवेदीले साथ दिएका थिए।

पलेँटीको आउँदो महिनाको शृंखलामा पुरानो सांगीतिक ब्यान्ड ‘लेकाली समूह’लाई प्रस्तुत गरिने कुरा आयोजक संस्था नेपालयले जानकरी गराएको छ। पलेँटी आज शनिबार र भोलि आइतबार पनि सञ्चालन हुनेछ।

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रामेछाप गाडी दुर्घटना अपडेट : एक जनाको मृत्यु
जेन–जी अगुवा मिराज ढुङ्गाना गगन थापालाई समर्थन गर्न सर्लाहीमा
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
रामेछाप गाडी दुर्घटना अपडेट : एक जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
जेन–जी अगुवा मिराज ढुङ्गाना गगन थापालाई समर्थन गर्न सर्लाहीमा सोमबार, फागुन १८, २०८२
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना सोमबार, फागुन १८, २०८२
मध्यपूर्वमा समस्यामा परेका नेपालीको सहयोगका लागि काँग्रेसद्वारा ‘हेल्प डेस्क’ स्थापना सोमबार, फागुन १८, २०८२
यस्तो छ आइजिपी कार्कीको एक सय दिनको उपलब्धि सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु आइतबार, फागुन १७, २०८२
इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण आइतबार, फागुन १७, २०८२
सरकारी टेलिभिजनबाट रुँदै दिइयो खामेनीको मृत्युको खबर, इरानमा ४० दिने राष्ट्रिय शोकको घोषणा आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्