• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

पलेँटीमा अरुण थापाको सम्झना, विक्रमलाई साथ दिँदैछिन् मीना

64x64
नेपाल लाइभ शनिबार, साउन ११, २०७६  १४:४५
1140x725

काठमाडौं- नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा संगीतकार विक्रम गुरुङका सांगीतिक सृजनाहरू प्रस्तुत भएका छन्। शुक्रबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा गुरूङले संगीत भरेका १४ वटा गीतहरू प्रस्तुत भए। हङकङमा शिक्षण पेसा गरेर सेवा निवृत्त भएका गुरुङ पलेँटीका निम्ति दुई हप्तापहिले काठमाडौं आएका हुन्।

संगीतकार विक्रमले सीमित गीतहरूमा धुन भरेका छन्। तर उनले भरेका धुनहरू गुणका हिसाबले अब्बल सुनिन्छन्। गुरूङले संगीत भरेको गीत ‘कतै टाढा तिमीबाट पुगेँ भने, कल्पेर नबस्नु’ गायक अरूण थापाको जीवनकै पहिलो रेकर्डेड गीत थियो।

कार्यक्रमको सुरुवात त्यही गीतबाट भयो। गाउन थाल्नु पहिल्यै विक्रमले आफ्ना मित्र अरूणलाई सम्झिए, 'अरूणसँग पोखरामा भेट हुँदा उनीसँग आफ्ना गीत थिएनन्। उनी लोकप्रिय हिन्दी र नेपाली गीत गाउँथे। मेरा पनि आफ्ना धुन थिएनन्, सुरुमा म पनि बिना बाजा राजा महेन्द्रको ‘फेरि उसैका लागि’ मा संगृहीत गीत आफ्नै सोखका निम्ति नयाँ धुनमा गुनगुनाउन प्रयास गर्थेँ तर अरूणसँगको भेटपछि भने हामी दुवैलाई केही नयाँ गीत बनाउनुपर्छ भन्ने लाग्यो। हामी गितार र कलम लिएर बस्न थाल्यौं र केही गीत जन्मिए।'

गीतमा प्रवेश गर्नु पहिले विक्रमले मित्र अरूण थापाप्रति शब्द श्रद्धाञ्जली अर्पण गर्दै पहिलो रचनामा प्रवेश गरे- ‘कतै टाढा तिमीबाट पुगेँ भने!’

अरूणकै सन्दर्भ जोड्दै विक्रमले दोस्रो गीत सुनाए ‘आँखाको निँद खोसी लाने, हृदयको तरंग छेडी जाने’।

अरूण थापाले गाएका अधिकांश गीतहरू अत्यधिक लोकप्रिय बनेका छन्। विक्रम गुरुङकै शब्द रचनाको ‘आँखाको निँद’ पनि लोकप्रिय भयो। आम स्रोता र संगीतका मर्मज्ञ दुवैथरीले रुचाए यो गीतलाई। कार्यक्रम सञ्चालकले अरुण थापासँगको सन्दर्भ कोट्याउँदै विक्रमसामु जिज्ञासा राख्दा विक्रम आफ्नो सांगीतिक विगतमा डुब्थे र अरूणका बारे बोल्दै गर्दा मुहारमा संवेदनशील भावुकता झल्केको देखिन्थ्यो।

गम्भीर स्वभावका संगीतकार विक्रमले सुनाएको तेस्रो गीत थियो- ‘जति माया आफ्नो लाग्छ, त्यति माया तिम्रो पनि’।

गीतकार प्रकट पगेनीले लेखेको यो गीत रेकर्ड नभएका शृंखलामा रहेको गीत थियो। तर यो गीतसँग पनि अरूण थापाकै कथा जोडिएको रहेछ। विक्रमले पछिल्लो चरणमा धुन भरेका केही गीत अरूणको स्वरका निम्ति छानेका रहेछन्। रेकर्डिङको प्रबन्ध पनि भइसकेको रहेछ। हङकङबाट बिदामा आएका बखत अरूणलाई खोजेर स्टुडियोमा ल्याइएछ। अरुणलाई सुरुमा विक्रमले चिन्नै सकेनछन्। अरूणलाई चिन्न नसक्नुको कारण लामो अन्तरालपछिको भेट मात्र थिएन। अरूणको तत्कालीन शारीरिक अवस्था चाहिँ थियो। अरूण निकै कमजोर भइसकेका थिए। विक्रमले भावुक हुँदै त्यो भुल्न चाहेको क्षणलाई सम्झिए, ‘त्यतिबेला अरूणको मनले जीवनको महत्व बुझ्न थालेको थियो कि झैं लाग्थ्यो। तर उसको शरीर उसलाई साथ दिन नसक्ने अवस्थामा पुगेको रैछ। अरूणले नयाँ गीतहरू गाउन प्रयास गर्‍यो तर उसको शरीरले साथ दिएन। म रेकर्डिङको काम अधुरै छोडेर हङकङ फर्कें। उता पुगेको केही समयमै अरूणले संसार छोडेको खबर सुन्नुपर्‍यो।'

Ncell 2
Ncell 2
nimb
nimb

अरूणको निम्ति छुट्याइएको धुन सुनाइरहेका विक्रमको मुखाकृति हेर्दा लाग्थ्यो, गायक अरूण विक्रमकै छेउछाउमा गुमसुम बसेका छन्।

चौथो प्रस्तुतिमा मात्र संगीतकार विक्रमको दाहिनेतिर बसिरहेकी गायिका मीना निरौलाको स्वर सुनियो- ‘विरह चले जस्तो लाग्छ, पहाड सुके जस्तो लाग्छ’।

संगीतकार विक्रममा फुर्सदका बेला पोखरा वरपरका गाउँ घुम्ने चाहना उहिलेदेखि रहेछ। गुरुङ गाउँका अधिकांश हट्टाकट्टा युवाहरू लाहुरे बन्ने परिवेशलाई मनन गरेर बुनेको गीतमा गाउँमा रहेका एक्ला यौवनाहरूको मनोभावलाई समेटिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गायिका मीनाले संगीतकार विक्रमका थप ३ वटा गीत- मेरो भाग्य मैसँग रिसाए जस्तो, किन मुटुको ढुकढुकी बढ्यो र रात राम्रो तारा जूनले सुनाएकी थिइन्; जसमा विक्रम गुरुङकै शब्द रहेका थिए। मीनाको स्वरमा विक्रमका सांगीतिक रचनाहरू राम्ररी सुहाएको सुनिन्थ्यो। अहिलेकी लोकप्रिय गायिका मीना लामो समयदेखि पलेँटीमा सम्बद्ध रहँदै आएकी गायिका हुन्।

संगीतकार विक्रमको पलेँटीको पहिलो चरणमा उनको सांगीतिक जीवनको आरम्भसँगै अरुण थापासँगको संगत जोडिएको थियो। दोस्रो चरणमा उनको क्याप्पस र विश्वविद्यालयको अध्ययनसँगै उनका साहित्यिक मित्रहरूसँगको संगत र त्यसको परिवेशमा रचना भएका गीत र तेस्रो चरणमा उनको नेपाल र हङकङको अध्यापन काल र त्यही परिवेशमा सिर्जना भएका गीत प्रस्तुत भएका थिए।

गायक अरूण थापाको सन्दर्भबाट सुरु भएको कार्यक्रम उनकै सन्दर्भमा आएर समापन भएको थियो। अरूणकै निम्ति सिर्जना भएर रेकर्ड हुन नपाएको अर्को रचना- ‘एक युगपछिको तिम्रो स्मृति’ गाइसकेर भावुक बनेका विक्रमतिर फर्केर कार्यक्रम सञ्चालक संगीतकर्मी आभासले भने- ‘विक्रम दाइ! मित्र बितेर गए पनि मित्रता सधैं अमर रहन्छ! कार्यक्रमको समापन तपाईं र गायक अरुण थापा दाइको मित्रताको उत्सवपूर्ण सम्झनाबाट गरौं।‘

मुसुक्क हाँस्दै विक्रमले हार्मोनियममा औंला चाल्दै कार्यक्रमको समापन गीत सुनाए- ‘भुलूँ भुलूँ लाग्यो मलाई...’ गीतको अन्तिम अन्तरा सकिसकेपछि पनि विक्रमको मुहारमा भने अरूणकै सम्झना घुमेझैं अनुभूत हुन्थ्यो। 

पलेँटीमा वाद्यवादनतर्फ बेस गिटारमा अम्बर गुरुङ ‘पोखरेली’, किबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान र प्रकसनमा पारस सुवेदीले साथ दिएका थिए।

पलेँटीको आउँदो महिनाको शृंखलामा पुरानो सांगीतिक ब्यान्ड ‘लेकाली समूह’लाई प्रस्तुत गरिने कुरा आयोजक संस्था नेपालयले जानकरी गराएको छ। पलेँटी आज शनिबार र भोलि आइतबार पनि सञ्चालन हुनेछ।

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्