लन्डन– एफए कप फुटबल प्रतियोगितामा ९ खेलाडीमा सीमित चेल्सीले नर्वीच सिटीलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित गरेको छ।
निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
५५ मिनेटमा मिची बाट्सुयासीले चेल्सीलाई अग्रता दिलाए। नर्विचका जामल लेविसले इन्जुरी टाइममा बराबरी गोल फर्काए। थप गरिएको समयमा दुवै टिमबाट गोल हुन नसकेपनि चेल्सीका २ खेलाडीले रातो कार्ड पाए।
पेड्रोले थप सकिन ३ मिनेट बाँकी छदा रातो कार्ड पाउँदा मोराटाले अन्तिम मिनेटमा रातो कार्ड पाएका थिए। पेनाल्टी सुटआउटमा नर्विचका प्रहारलाई चेल्सीका गोलकिपर विलि काकालेरोले विफल पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।