नवलपरासी- भारतीय तीर्थालु बोकेर आउँदै गरेको ट्र्याक्टर नवलपरासीको त्रिवेणीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १५ जना तीर्थालु घाइते भएका छन्।
भारतको गोरखपुरबाट माघे औँसी मेला भर्न र त्रिवेणीधाममा नुहाउन आएका यात्रु चढेको युपी ५३ बी क्यू ०४२० नंको ट्र्याक्टर विनयी त्रिवेणी गाउँपालिका–६ को तटियाखोलामा पल्टिएको थियो।
उनीहरु नवलपरासीको बर्दघाट सुस्ता पूर्व–त्रिवेणीधाममा लागेको माघे औँसी मेलाका लागि आएका थिए। ट्र्याक्टर पल्टिँदा चालक भारत गोरखपुरका साधु केबटको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते १५ जनामध्ये ४ को अवस्था गम्भीर छ। दुर्घटनामा परेका सबै भारतको गोरखपुरका बासिन्दा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।