पेरिस– फ्रेञ्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले गोलको वर्षा गरेको छ। पिएसजीले बुधबार राति भएको खेलमा डिजोनलाई ८–० गोलले पराजित गरेको हो।
पिएसजीका लागि स्टार खेलाडी नेइमारले चार गोल गर्दा डि मारियले २ गोल गरे। डि मारियाले खेलको चौथो र १५ मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए। २१ मिनेटमा इडिन्सन काभानीले पिएसजीका लागि तेस्रो गोल गरे।
त्यसपछि नेइमारले चार गोल गर्न सफल भए। नेइमारले ४२,५७ र ७३ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। नेइमारले ८३ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत चौथो गोल गर्दा पिएसजीले ८–० ले अग्रता लियो। त्यसअघि केलियन एमबाप्पले ७७ मिनेटमा गोल गरेका थिए।
लिगको शीर्ष स्थानम रहेको पिएसजीले २१ खेलबाट ५६ अंक जोडेको छ। दोस्रो स्थानको लियोनको ४५ तथा तेस्रो स्थानको मार्सेलीको ४४ अंक छ। साविक विजेता मोनाको ४३ अंक जोडेर चौथो स्थानमा सीमित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।