कुवेत– विभिन्न किमिसका अपराधमा संलग्न भएको आरोपमा कुवेतमा ५८ जना नेपालीहरु जेलमा रहेको नेपाली दुतावासले जनाएको छ। सन् २०१७ मा कुबेतमा ७० जना नेपाली जेल परेका थिए।
जसमध्ये १८ जनो माफि पाएका थिए। माफि पाएकामध्ये ६ जना स्वदेश फर्किसकेका छन्। त्यस्तै सन् २०१७ मा ३१ जना नेपालीले कुवेतमा ज्यान गुमाएका छन्। जसमा १५ पुरुष र १६ महिना छन्।
कुबेतमा विभिन्न समस्यामा परेका २ सय ४९ जना महिलालाई उद्धार गरी दुतावासले स्वदेश फर्काएको थियो। त्यस्तै अन्य १ सय ५५ जना पुरुषलाई पनि दुतावासको सहयोगमा उद्धार गरेर नेपाल पठाइएको थियो। समस्यामा परेका नेपालीहरुलाई सहजीकरण गर्दै आएको दुतावासले बुधबार बिज्ञप्ती जारी गरी जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।