• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डिभिजन २ : नेपालले दुबईमा अभ्यास गर्ने, अन्य पाँच टिमले यसरी गर्दै छन् तयारी

64x64
नेपाल लाइभ बिहीबार, माघ ४, २०७४  ०५:२९
1140x725

काठमाडौं- आगामी महिना नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताका लागि नेपालले अन्तिम तयारी दुबईमा गर्ने भएको छ। नेपालले यसअघि दक्षिण अफ्रिकाको भ्रमणमा जाने बताइए पनि आगामी साता दुबई भ्रमण गर्ने भएको हो। 

डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरी ६ देखि १६ सम्म हुँदैछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले खेल्नेछन्। डिभिजन–२ का शीर्ष २ टिम विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

नेपाली टिमका प्रमुख प्रशिक्षक जगत टमाटाका अनुसार नेपालले १० दिन दुबईमा अभ्यास गर्नेछ। 

'हामी आगामी १२ वा १३ माघमा दुबई पुग्नेछौं। त्यहाँ १० दिन अभ्यास गर्न आइसिसीले अनुमति दिएको छ।' 

नेपालले आइसिसीको ग्लोबल एकेडेमीमा अभ्यास गर्ने टमाटाले बताए। 

हाल नेपाली टिम कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ। अभ्यासमा पहिलो चरणका २१ जना खेलाडी सहभागी छन्। दुबई भ्रमणमा जानुअघि नेपालले अन्तिम टिम घोषणा गर्नेछ। प्रशिक्षक टमाटाले डिभिजन–२ नेपालका लागि महत्त्वपूर्ण प्रतियोगिता भएकाले उत्कृष्ट खेल्न सबै शक्ति खर्चने बताए। 

नेपाली टिमको ब्याटिङ सुधारका लागि मुम्बईका कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा सुलक्षण कुलकर्णी केही दिनमै आउँदै छन्। उनी आएपछि नेपाली टिमको ब्याटिङमा सुधार आउने टमाटाले विश्वास व्यक्त गरे।

युएईले त्रिकोणात्मक सिरिज खेल्दै 

nimb
nimb
Ncell 2
Ncell 2

डिभिजन–२ को तयारीका लागि युएईले आयरल्यान्ड र स्कटल्यान्डसँग त्रिकोणात्मक सिरिज खेलिरहेको छ। दुबईमा भइरहेको सिरिजमा युएईले आफूभन्दा बलिया टिमसँग खेल्दै डिभिजिन–२ को राम्रो तयारी गरिरहेको हो। 

यद्यपि युएई सिरिजका सुरुवाती दुवै खेलमा पराजित भएको छ। युएईलाई आयरल्यान्डले पहिलो खेलमा ४ विकेट तथा दोस्रो खेलमा ६७ रनले पराजित गरेको थियो। अब युएईले स्कटल्यान्डसँग दुई खेल खेल्न बाँकी छ। 

युएईका कप्तान रोहन मुस्ताफाले डिभिजन–२ अगाडि युएई र स्कटल्यान्ड जस्ता बलिया टिमसँग खेल्दा तयारी राम्रो भइरहेको बताएका छन्।

नामिबिया दक्षिण अफ्रिकाको भ्रमणमा

डिभिजन–२ को आयोजक नामिबियाले प्रतियोगिताको तयारी दक्षिण अफ्रिकामा गरिरहेको छ। नामिबियाको टिमले तयारीस्वरुप दक्षिण अफ्रिकाको प्रदेशस्तरीय प्रतियोगिता खेलिरहेको छ। पूर्वी प्रदेशस्तरीय प्रतियोगितामा तीनदिवसीय खेल भइरहेको छ। 

पोर्ट एलिजावेथमा भइरहेको प्रतियोगितामा नामिबियाले लगातार पाँच खेलमा जित निकालेको 'द नामिबियन' पत्रिकाले जनाएको छ। 

केन्याले जिम्वाबेमा तयारी गर्ने 

केन्या क्रिकेट टिम डिभिजन–२ को तयारीका लागि जिम्बावे जाने भएको छ। केन्याका सहायक प्रशिक्षक पिटर अन्गोन्डोका अनुसार अहिले केन्याको टिमले स्वदेशमै अभ्यास गरिरहेको छ। त्यसपछि अन्तिम तयारी गर्न जिम्बावे जाने उनले बताए। 

केन्याले जिम्बावेमा १० दिन अभ्यास गर्नेछ। त्यस क्रममा जिम्बावेको 'ए' टिमसँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको अन्गोन्डोले बताए। 

क्यानडा पनि दक्षिण अफ्रिका जाँदै 

डिभिजन-२ को तयारीका लागि क्यानडाले राष्ट्रिय टिम घोषणा गरिसकेको छ। बार्बडोसमा एक साता अभ्यास गरेपछि क्यानडाले नितिश कुमारको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो। अब क्यानडाले अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्नेछ। टिम क्यानडा जनवरी २५ मा दक्षिण अफ्रिका पुग्ने क्रिकेट क्यानडाले जनाएको छ। 

२ सिरिज जितेको ओमान स्वदेशमै व्यस्त 

उदीयमान एसोसिएट टिम ओमान डिभिजन–३ को च्याम्पियन बन्दै डिभिजन–२ मा बढुवा भएको हो। गत वर्ष टी–२० विश्वकप खेलेको ओमानले डिभिजन–२ को तयारीका लागि गत महिना अमेरिका र हङकङसँग सिरिज खेलेको थियो।

घरेलु मैदानमा भएको तीन खेलको सिरिजमा ओमानले अमेरिकालाई ३–० ले हराएको थियो। युएईमा खेलिएको हङकङ विरुद्धको सिरिज पनि ओमानले २–१ ले जितेको थियो। 

डिभिजन–२ का लागि ओमानले दुई साताअघि नै राष्ट्रिय टिम घोषणा गरिसकेको छ। अहिले ओमान घरेलु प्रतियोगितामै व्यस्त छ। घरेलु प्रतियोगिता ५० ओभरको भएकाले डिभिजन–२ का लगि फाइदा पुग्ने प्रशिक्षक दुलिप मेन्डिसले बताएको मस्कट टाइम्सले आफ्नो अनलाइन संस्करणमा लेखेको छ। मेन्डिस श्रीलंकाका पूर्व कप्तान हुन्।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा
सम्बन्धित सामग्री
नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ । बुधबार, जेठ ६, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार फरार घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक अनुसन्धान गरिरहेका छन् र सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत छ... आइतबार, जेठ ३, २०८३
नुवाकोटमा दाजुभाई हत्या प्रकरण : मुख्य कारण कुलोको विवाद हत्यामा संलग्न आरोपमा त्यही गाउँका धनबहादुर तामाङ उर्फ धने र सोमबहादुर तामाङ उर्फ माइलालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
रास्वपाको पहिलो महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्