काठमाडौं- नेपाली महिलाहरुको पर्व तीज नजिकिए सँगै तीज गीत ‘छम छम’ बजारमा आएको छ। गीतमा विक्रम गौतम, भुवन दुलाल, स्मृति बजगाईं र रीता थापाले संयुक्त स्वर दिएका छन्।
गीतमा शब्द कमल सरगमको रहेको छ भने संगीत विक्रम गौतम, एरेन्ज विष्णु तामाङ, मिक्सिङ कुमार सानु पुनको रहेको छ।
निर्देशक सुनि मोक्तानको निर्देशन रहेको गीतमा आयुष्मा कार्की, रेवन कर्माचार्य, विक्रम गौतम र स्मृति मोक्तानको अभिनय रहेको छ। संकरा डिजिटल स्टुडियोमा रेर्कड गरिएको गीतमा सम्पादन मेक ब. थापा, निर्माण कक्ष रोधि डिजिटलको रहको छ।
गीतलाई सुरेश काफ्लेले छायाँकन गरेको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।