गोरखा –जिल्ला फुटबल संघ गोरखाको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
संघको तेस्रो साधारणसभाले संघका पूर्व उपाध्यक्ष श्रेष्ठलाई तीनवर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।
त्यस्तै, संघको उपाध्यक्षमा विकास तामाङ, शिवराम श्रेष्ठ, आनन्द गुरुङ (काजी) चयन भएका छन्। महासचिव विशाल गुरुङ, कोषाध्यक्ष दीपक गुरुङ तथा सदस्यहरुमा रञ्जितकुमार श्रेष्ठ, सुनिल भट्टराई, उपेन्द्रकुमार मल्ल, जीवन गुरुङ, विमला भण्डारी, अमित खत्री, सविन केसी, ध्रुव कँडेल निर्विचत भएका छन्।
कार्यक्रममा संस्थापक एवं निवर्तमान अध्यक्ष हरिहर श्रेष्ठले सबै मिलेर संघलाई अगाडि बढाउनुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।