काठमाडौं– केही सातादेखिको सहमतिको प्रयास असफल भएपछि अन्तत सरकार बुधबार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरु नियुक्त गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरु नियुक्त गरेको हो।
प्रदेश प्रमुखहरुले सुरुका केही हप्ता व्यस्ततमा निकै बिताउने भएका छन्। राष्ट्रियसभाको निर्वाचन नजिकिएको अवस्थामा त्यसको दबाब प्रदेश प्रमुखलाई पनि पर्ने देखिन्छ।
माघ २४ मा हुने राष्ट्रियसभाको निर्वाचनका लागि माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची छ। आयोगको कार्यसूचीलाई प्रभावित हुन नदिनको लागि ७ गतेभन्दा अगाबै प्रदेशसभाका सदस्यले सपथ खाइसक्नुपर्ने छ।सपथ खाएपछि मात्रै प्रदेशसभाका सदस्यहरु राष्ट्रियसभा निर्वाचनको लागि मतदाता हुनसक्छन्।
प्रदेशसभाका सदस्यले सभाका जेष्ठ सदस्य वा सभामुखसँग सपथ खानेछन्। तर सभालाई सपथ खुवाउने जेष्ठ सदस्य वा सभामुखले प्रदेश प्रमुखसँग सपथ खानुपर्ने छ। प्रदेश प्रमुखले भने राष्ट्रपतिसँग सपथ खानेछन्।
यसरी तीन तहको सपथले दुई वा तीन दिन बित्न सक्नेछ।आवश्यकता वा समयको दबाब अनुसार दिनहरु छोटिन वा लम्बिन सक्नेछ।
प्रदेश प्रमुखले प्रदेशसभाको अन्तिम मत परिणाम घोषणा गरेको २० दिनभित्रमा प्रदेश संसदको अधिवेशन आह्वान गर्न सक्नेछ। तर, २० दिनसम्म कुर्ने सुविधा यसपटक उसलाई हुने छैन। कारण, तत्काल अधिवेशन आह्वान गरेर राष्ट्रियसभा निर्वाचनको कार्यतालिकालाई सहयोग पुर्याधउनुपर्ने बाध्यता छ।
पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नेछ। त्यसको तयारीका लागि पनि उनी व्यस्त हुनेछन्।
त्यस्तै, प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिलेतीस दिनभित्र मुख्यमन्त्रीको नियुक्ति गर्नुपर्छ। संसदमा बहुमत प्राप्त वा बहुमत पुर्याोउनसक्ने संसदीय दलको नेतालाई मुख्य मन्त्री नियुक्ति गर्नुपर्ने व्यवस्था छ। यसका लागि दलहरुको सक्रियतासँगै प्रदेश प्रमुख पनि व्यस्त रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।