काठमाडौं- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखको विषयमा नयाँ सरकार गठनपछि निर्णय गरिने प्रतिक्रिया दिएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद वैठकको निर्णयबारे नेपाल लाइभसँग कुरा गर्दै नेता श्रेष्ठले नराम्रा नियुक्तिलाई निरन्तरता दिन नपर्ने उल्लेख गरे। ‘वर्तमान सरकारका राम्रा निर्णयलाई निरन्तरता दिन सकिन्छ,’ श्रेष्ठले भने, ‘अहिलेको नियुक्तिबारे नयाँ सरकार गठनपछि पुनर्विचार गर्न सकिन्छ।’
नयाँ सरकार गठनका लागि संवैधानिक र कानुनी अड्चन फुकाउन सरकारलाई आग्रह गरिरहेको स्मरण गर्दै नेता श्रेष्ठले सरकारको निर्णयका विषयमा आन्तरिक छलफल हुन नपाएको प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।