• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

मण्डलामा गुरुकुलको आत्मा

64x64
डिबी खड्का शुक्रबार, साउन १०, २०७६  ११:४०
1140x725

‘जीव मर्दैन, उसको आत्माले भौतिक शरीर छाड्ने हो,’ पूर्वीय दर्शनको मान्यता हो। यसैमा आधारित भएर लेखिएका अनेक ग्रन्थ पढ्न पाइन्छ। किंवदन्ती पनि सुनिन्छ। शंकर लामिछानेले धेरै वर्षअघि यही विषयमा दिमाग खियाएर लेखे– आत्माको मीमांसा। एउटा मनोचिकित्सकको आत्मासम्म पुग्ने ‘दुष्प्रयास’ उक्त कथामा छ।  त्यो वर्षाैंपछि नाटक ‘मीमांसा’ मार्फत दृष्यमा चित्रण गरिएको छ।

वर्तमान पुस्तालाई नाटकको असली स्वाद चखाइरहेको पुरानो बानेश्वरस्थित ‘गुरुकुल’ले भौतिक शरीर २०१२ मै छाड्यो। यसका ‘आत्मा’ सुनिल पोखरेल भड्किरहे! आत्माका चेला आत्माहरु पनि त्यसैगरी भड्किरहे। 

भौतिक रुपमा बन्द ‘गुरुकुल’को आत्मा मण्डला थिएटरको शरीरमा पसेको छ। जसरी नाटकमा डा हरिहर सिग्देल आफ्ना चेला डा अतुल चापागाईंको शरीरमा उनकी मृत श्रीमतीको आत्मा बोलाउने प्रयास गरिरहन्छन्। 

दर्शकलाई नाटकको स्वादमा पल्काएर अप्रत्यासित रुपमा गुरुकुल बन्द गर्नु परेपछि पीडामा रहेका पोखरेल झन्डै सात वर्षपछि ‘फर्म’मा देखिन्छन्। डा हरिहर सिग्देलका रुपमा उनलाई देख्दा दर्शकलाई महसुस हुन्छ– नाटकका पर्यायवाची पोखरेलले अभिनय बिर्सेका रहेनछन्! किनभने पछिल्ला वर्षहरुमा उनी हम्मेसी नाटकमा नझुल्किँदा प्रशंसकलाई उनको पुरानो अभिनयकौशल फेरि देख्न नपाइने हो कि भन्ने पीर थियो। 

रंगकर्मी पोखरेलमा डा हरिहरको आत्मा पसाइदिने काम चाहिँ प्रवीण खतिवडाले गरेका हुन्। मञ्च वा फिल्ममा आफूलाई अब्बल अभिनेताका रुपमा प्रस्तुत गरिसकेका खतिवडाले आफूलाई निर्देशकका रुपमा पर्गेलेका छन्। उनको काम प्रशंसनीय नै छ । तर पहिल्यै माफी माग्दा ‘सात खुन माफ’ पाउने मनोविज्ञानबाट प्रभावित भएर उनले अभिव्यक्ति दिएका छन्, ‘निर्देशक बन्ने साहस मलाई कहिल्यै आउँदैन। आउन सक्दैन पनि। कारण, मेरो नजरमा निर्देशक देवता हो। सुनिल पोखरेल हो। र, म त सिर्फ सोखको साधन, एउटा इच्छा पूर्तिमात्र गरिरहेको थिएँ। खुसी लाग्छ, जब तपाईंले मेरो ठट्टालाई पत्याइदिनुहुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

लामिछानेको कथालाई नाटकमा परिणत उनैले गरेका हुन्। उनको जीवनमा सुखद् संयोग जुरेको छ, आफ्ना प्रिय लेखकको कथामा आदर्श व्यक्तित्व पोखरेललाई अभिनय गराउने। त्यसैले कुनै कसुर बाँकी राखेका छैनन्, केही प्राविधिक गल्तीहरु बाहेक। लामिछानेबाट कतिसम्म प्रभावित छन् भन्ने उनको यो अभिव्यक्तिबाट थाहा लाग्छ ‘लामिछानेको लेखाइ, प्रभाव मभित्र कहिलेसम्म रहन्छ थाहा छैन। जे भए पनि उनी आत्मीय लाग्छ सधैं। उनकै शब्दहरु सापट लिन्छु।’

थिएटरमा राजकुमार पुडासैनी सधैं आफूलाई चुनौती दिइरहन्छन्। यसपल्ट उनले चुनौती दिएका छन्। सुनिल पोखरेलसँग उनलाई ‘गुरु गुण, चेला चिनी’का रुपमा महसुस गर्नुभयो भने पनि अन्याय हुँदैन। नाटकप्रेमीका लागि विजय बराल बानी भइसकेका छन्। स्वभाविक ठट्टा गर्ने भूमिकामा उनी कहिल्यै अस्वभाविक देखिएका छैनन्। कलाकारको सूचीमा निशा शर्माको नाम सबैभन्दा माथि नराखेको भए पनि हुन्थ्यो। भूमिकाको आयतन अनुसार नामको क्रम मिलाइदिए दर्शकमाथि न्याय हुनसक्थ्यो। मञ्चमा घनश्याम जोशी, सुरज तमु, अर्जुन शिवाकोटी, मौसम खड्का, आलोक थामी, समित तामाङ र राज न्यौपाने पनि छन्। 

मञ्च निर्माणमा हुम बिसी र जोनेन क्षेत्रीको परिश्रम देखिन्छ। मञ्चका केही कुरा अलिकति चित्त बुझेका छैनन्। भन्नुपर्ने त निर्देशक खतिवडा र मुख्य कलाकार पोखरेललाई होला, ‘चिकित्साका ग्रन्थहरुको र्‍याकमा ब्रान्डी, लेबल र चुरोट पटक्कै सुहाएनन्। हुन त एक खोजमा तल्लिन डाक्टरको मनोदशा उतार्न वा उसको मनोदशा बिथोल्न ती पदार्थ जरुरी ठानिए होलान्। अनि सुनिल सर, ती पदार्थ पिउनु तपाईंको स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा हामीलाई भन्दा बढी तपाईंलाई नै थाहा छ। तर नाटकको स्वास्थ्यका लागि पनि स्वास्थ्यवर्द्धक लागेनन्। 

‘छोटी मुह, बढी बात’ भनेजस्तो लाग्ला । तर नाटकलाई ‘जीवन्त’ बनाउने नाममा तपाईं आफ्नै र दर्शकको ‘जीवन अन्त्य’ गर्नसक्ने ती पदार्थ नपिए हुँदैन र!

नाटकप्रेमीका लागि जानकारी दिउँ, शुक्रबारदेखि सुरु हुने नाटक साउन ३२ गतेसम्म चल्ने छ। सोमबार बाहेक हरेक दिन बेलुकी ५ः३० बजे र शनिबार दिउसो १ः०० बजे पनि धेरैलाई अवगत नै छ। 

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  ११:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
पोखरामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
१० मिनेटमा बदलिएको लामुसोती शुक्रबार, भदौ १९, २०८३
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्