• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राजीनामाको चक्कर !

64x64
नेपाल लाइभ बिहीबार, माघ ४, २०७४  ०६:५९
1140x725

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीले चुनाव हारेपछि पनि किन राजीनामा नदिएका होलान्? जमानामा चुनाव हार्दा नेकपा एमालेका माधवकमुर नेपाल, नेपाली कांग्रेसका शुशील कोइराला जस्ता नेताले राजीनामा दिने नजिर त राखेका थिए। कमसे कम राजीनामा दिएको भए चुनाव हारेको नैतिक जिम्मेवारी लिएको जस्तो देखिन्थ्यो र राम्रो सञ्देश पनि जान्थ्यो। यस्तोखाले बहस प्रायः राजनीतिक गफगाफ चल्ने अखडामा प्रसस्त सुन्न पाइन्छ।

अहिले नेपाली राजनीतिमा देउवाको राजीनामाबारे विभिन्न टीका-टिप्पणी नभइराखेका होइनन्। नैतिक जिम्मेवारी लिँदै पार्टी सभापतिबाट र राजनीतिक निकास दिन प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने भन्ने आवाज उठिरहेका छन्। यस विषयमा धेरै किसिमका विश्लेषण भइसकेका छन्। अझ एक साताअघि डा गोविन्द केसीको अनसन र गिरफ्तारीले प्रधानन्यायाधीशको पनि राजीनामाको माग भइरहेको छ। अनि केही दिनअघि  सरकारमा सामेल माओवादी केन्द्रका बिनाविभागीय मन्त्रीहरुले सामूहिक राजीनामा दिए। समाचारमा आएको कारण अनुसार देउवाले नछाडेपछि वाध्य भएर राजीनामा दिएको रे। कसैको राजीनामा मागिनु नेपालमा नौलो कुरा रहेन अब। तर, राजीनामालाई नै एउटा प्रक्रिया वा कुनै प्रक्रियाको भागका रुपमा सहज तरिकाले लिन भन्ने बहस गर्नुपर्ने जरुरी देखिन्छ।

राजनीतिक इतिहास पल्टाएर हेर्ने हो भने, विभिन्न कालखण्डमा विभिन्न नेताले राजीनामा दिएको र नदिएको उदाहरण छन्। 'राजीनामा'को विशेष अर्थ हुन्छ। विशेष यो मानेमा कि, राजीनामा दिनु भनेको साधारण घटना होइन, यो विशेष अवस्था र परिस्थितिमा दिइने कुरा हो। राजी र नामाबाट बनेको यो शब्दको शाब्दिक अर्थ भने 'राजी' अर्थात् मन्जुरी, मानेको वा सहमत हो। त्यस्तै, 'नामा' भनेको खुसी साथ छोड्ने कामलाई बुझिन्छ। राजीनामा कहिले दबाबमा दिइन्छ भने कहिले स्वेच्छाले दिइन्छ। विश्व इतिहासमा हेर्ने हो भने पनि नैतिकताका आधारमा राजीनामा दिनेहरु पनि छन् र संकीर्ण संस्कार हावी भएको ठाउँमा राजीनामा नदिएका उदाहरण पनि प्रसस्तै छन्। 

अमेरिकाको इतिहासमा राष्ट्रपति रिचर्ड निक्सनलाई महाअभियोग लगाउने भएपछि उनले राजीनामा दिएका थिए। त्यस्तै, विल क्लिन्टनलाई पनि अभियोग दायर गरिएको थियो मोनिका लेविन्स्कीसँग भएको सम्बन्धमा शक्तिको दुरुपयोग र पतन भएको भनेर। उनको मुद्दा हाउसबाट पास हुन नसकेर सिनेटमा पुगेको थियो। त्यहाँ पनि भोट हुँदा क्लिन्टनको पक्षमा मत धेरै खस्यो- अनि उनी राष्ट्रपतिका रुपमा रहिरहे। 

क्लिन्टनले आफ्नो नैतिक पतनपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्थ्यो भन्नेहरुको संख्या धेरै छ। जब उनले आफ्नो सम्बन्ध एक प्रकारले स्वीकारिसकेका थिए, उनी कुर्सीमा बस्नु हुन्न थियो भन्ने आवाज उठेको थियो। तर, त्यसबेला विल क्लिन्टनले राजीनामा नदिँदा धेरैजना चकित परेका थिए।

पछिल्लो समय बेलायतमा प्रधानमन्त्री थेरेसा मेको मन्त्रीमण्डलबाट केही प्रभावशाली मन्त्रीले बिदा पाए भने केहीले राजीनामा दिए। उपप्रधानमन्त्री डामियन ग्रिन सन् २००८ को अश्लील भिडियोको काण्डले गर्दा बर्खास्त भए। गत वर्ष मन्त्री जिम ओ निलले प्रधानमन्त्री मेको कामसँग सन्तुष्ट नभएर पदबाट राजीनामा दिएका थिए। 

झट्ट हेर्दा एउटा बर्खास्त अनि अर्को राजीनामा तर यसमा प्रस्तुत गर्न खोजिएको भाव भनेको बेलायतको उत्कृष्ट राजनीतिक संस्कार हो। पद कति गौंण हुनेरहेछ जब तपाईंलाई पद्दति चित्त बुझ्दैन, जुन कुरा जिम ओ निलले पुष्टि गरे। 

साथै, झन्डै दशक अगाडिको एउटा गल्तीले डामियन ग्रिनले उप-प्रधानमन्त्री जस्तो गरिमामय पद गुमाउनुपर्योक। अझ थेरेसा मे र ग्रिन निकै मिल्ने साथी हुन् र उनी मेका विश्वास पात्र पनि थिए। हुन त बेलायत जस्तो देश जहाँ प्रजातन्त्र परिपक्क छ, त्यहाँ यस्तो कार्य नौलो होइन। एकदमै चर्चित ब्रेक्जिट (बेलायतको युरोपियन संघबाट बाहिरिने निर्णय) भयो, डेभिड क्यामरुनले राजीनामा दिए, किनभने उनी ब्रेक्जिटको विपक्षमा उभिएका थिए। धेरैले उनको राजीनामा आवश्यक नरहेको र उनकै दलको अधिकांश सांसदले नि राजीनामा नदिन आग्रह गर्दा उनले पद परित्याग गरिछाडे। उनको राजीनामाले उनको राजनीतिक कद अझै उच्च भएको विश्लेषकहरु बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अब कुरा गरौँ नेपालको; पञ्चायतमा राजाले आफूखुसी नियुक्ति र बर्खास्त गर्ने चलन थियो। तर, हामीसँग कीर्तिनिधि विष्टजस्ता प्रधानमन्त्री पनि थिए जसले सिंहदरबार आगलागी हुँदा आफूले केही गर्न नसकेको भनेर राजीनामा पत्र राजालाई थमाए। 

राजाले तिमीले गर्दा भएको होइन भन्दा पनि उनले राजीनामा फिर्ता लिएनन्। २०५२ साललाई फर्केर हेर्ने हो भने, जब मनमोहन अधिकारी प्रधानमन्त्री थिए उनी विरुद्द संसदमा अविश्वासको प्रस्ताव लगियो। मनमोहन त्यसबेला अस्पतालमा थिए र सन्चो भएपछि अविश्वासको प्रस्ताव दर्ता गर्न भनिएको थियो। तर, कांग्रेसले मानेन अनि मनमोहनले अस्पतालबाटै संसदलाई सम्बोधन गरेर अस्पतालबाटै संसदलाई फेस गरेका थिए। यस्तोखाले बहिरगमन सुखद् थिएन, जहाँ उनले संसदमा उपस्थित पनि हुन सकेनन् न राम्ररी राजीनामा नै दिन पाए। 

त्यस्तै, पहिलो संविधानसभाको चुनावपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि राजीनामा दिन ढिलाइ गरे भन्ने आरोप लागेको थियो। एउटा अन्तर्वार्तामा कोइराला कड़किएका थिए, 'ठाउँ देखाउनुस् राजीनामा दिन्छु' भनेर। २०६६ मा प्रचण्डको राजीनामा पनि भिन्न र अप्रत्यासित थियो। आफूले बर्खास्त गर्न खोजेका प्रधानसेनापति रुकमाङ्गत कटवाललाई राष्ट्रपतिले नहट्न आदेश दिएपछि सरकारमा बस्न नैतिक आधार नभएको भन्दै प्रचण्डले राजीनामा दिएका थिए। त्यस राजीनामाले देशको राजनीतिमा ठूलै उलटफेर पनि भयो। 

पछिल्लो समयमा भद्र सहमति हावी छ, नेपाली राजनीतिमा। जब केपी शर्मा ओली पहिलोपल्ट प्रधानमन्त्री भए, उनले र प्रचण्डले आलोपालो सरकारको नेतृत्तव गर्ने भद्र सहमति गरेका थिए भनिन्छ। तर, ओलीले सत्ता नछाडेको र भद्र सहमति तोडेको भन्दै प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिल्न गए। फेरि अर्को भद्र सहमतिका आधारमा प्रचण्डले दोस्रो पटक सरकारको नेतृत्व लिने मौका पाए। धेरैको अनुमान थियो, प्रचण्डले देउवालाई सरकार छोड्दैनन्। तर, प्रचण्डले सहमति पालाना गरेर राजीनामा दिए। प्रचण्ड अनि केही राजनीतिक विश्लेषकहरु त्यस कदमलाई राजनीतिक इमान्दारिताको संज्ञा दिन्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कहिले काहीँ यसखाले प्रस्तुति भए पनि देशले समृद्धिमा फड्को नमार्दा यी कुरा पनि ओझेलमा पर्ने रहेछन्। यो नैतिक मूल्य-मान्यता भन्ने कुरा पनि संस्कारले ल्याउने भएकाले होला विशेष गरी कम विकसित मुलुकमा खासै प्रदर्शन भएको पाइन्न। देशको  संवैधानिक अंगको प्रमुखलाई महाअभियोग लगाउँदा होस्, संस्थानको प्रमुखले गरेको नीतिगत भ्रष्ट्राचार देखिँदा होस् वा सरकारमा बसिराख्न पार्टी फुटाउँदा होस्; हामीले 'ए यसले नैतिकताका आधारमा राजीनामा दियो' भनेको कमै सुन्ने-पढ्ने गरेका छौं। आखिर देशको राजनीतिक संस्कार मापन गर्ने आधार भनेको यस्तै साना तर महत्वपूर्ण कार्यहरुले न हो। 

हामीले बुझ्नुपर्छ राजीनामाको विशेष महत्व हुन्छ। यो धेरै जस्तो अवस्थामा निकास दिने कार्यका रुपमा लिइन्छ। कहिले काहीँ निकालिनुपूर्व स्वेच्छाले आफू निस्किएर बाटो खोलिदिने सहज तरिका पनि हो। पश्चिमा देशहरु, जहाँ लोकतन्त्र परिपक्व भएको छ त्यहाँ राजीनामाको कदमले विशेष महत्व राख्छ। तर, हाम्रो जस्तो संकीर्ण राजनीतिक संस्कार भएको देशमा भने खासै महत्व नदिएकाले राजीनामाले विशेष स्थान पाएको देखिँदैन।

कसैले राजीनामा दिनुलाई सम्मानजनक कदमका रुपमा हेर्छन् भने कसैले कायरताको संज्ञा दिन्छन्। कायर तिनले ठान्छन्, जसले शक्ति, पद र कुर्सीलाई सर्वप्रिय र सबै कुरा ठान्छन्। वैध कदम त्यो समूहले मान्छ जसले पद, शक्तिलाई गौंण अनि कर्म, छवि र नैतिकतालाई प्राथमिकतामा राख्छ। 

राजीनामा नै सबैथोक हो भन्न खोजिएको होइन, तर एक कदम पछि हट्ने संस्कार, नैतिक मूल्य-मान्यतालाई प्राथमिकता र संक्रमण अन्त्य गर्न वा नवीन सुरुवातका लागि राजीनामाले वातावरण सहज बनाउने कुरा भने पक्का हो। कुनै देश वा समाजमा नैतिकताको मापन गर्ने धेरै सूचकमध्ये राजीनामा दिने संस्कार पनि एक हो। त्यसैले अगाडिको बाटो सहज होस् भन्नाका खातिर पनि राजीनामालाई एक कदम पछि हट्ने संस्कारका रुपमा रचनात्मक हिसाबले बुझाउन जरुरी देखिन्छ।

@SaugatWrites

प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  ०६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डहरू अझै पूर्ण तथा आंशिक रूपमा... शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूर... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्