काठमाडौं– नेकपा एमालेले सरकारले विभिन्न मन्त्रालयमार्फत जथाभावी नियुक्ति गरिरहेको भन्दै यसप्रति आपत्ति प्रकट गरेको छ।
बुधबार बसेको स्थायी समिति बैठकले जनमत गुमाइसकेको र बिदा हुन लागेको सरकारले मनपरी नियुक्ति गरेको भन्दै आपत्ति जनाएको हो।
'जान लागिसकेको सरकारले भोलिको सरकारलाई नीतिगत भार पर्ने नियुक्तिहरु गर्दै छ', बैठकमा सहभागी सदस्य अमृतकुमार बोहराले भने, 'यसप्रति गम्भीर आपत्ति जनाइएको छ।'
त्यस्तै, बैठकले राष्ट्रियसभाको मनोनयनको निम्ति अध्यक्षको दस्तखत दिने निर्णय समेत गरेको उनले बताए।
बैठकले तत्काल प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न समेत सरकारलाई आग्रह गरेको छ।
'राष्ट्रियसभाको निर्वाचन नै प्रभावित हुन लागेकाले तत्काल प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई आग्रह गरेको छ', अर्का सदस्य भीम आचार्यले बताए।
बैठकले राष्ट्रियसभाको उम्मेदवार हुनका लागि तल्लो कमिटीबाट सिफारिस भएर आउनुपर्ने मापदण्ड पनि तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।