काबुल- अफगानिस्तानको पूर्वी भेगमा रहेको प्रान्त नान्गरहारमा हवाई कारबाही गरिँदा आतंकवादी संगठन तालिबानका एक कमाण्डरसहित ६ जना मारिएका छन्।
अफगान गुप्तचर निकायले दिएको सूचनाको आधारमा खोगीआनी जिल्लामा मंगलबार साँझ तालिबान आतंककारी लुकेर बसेको स्थानलाई लक्षित गरी हवाई कारबाही गरिएको हो। नान्गरहारको प्रान्तीय सरकारले बुधबार एक प्रेस विज्ञप्ति जारी उक्त घतनाको पुष्टि गरेको छ।
सोही कारबाहीको क्रममा तालिबान एक जना कुख्यात कमाण्डर मोहिदुल्लाह आलिज यासेरको पनि मृत्यु भएकोे विज्ञप्तिमा जनाएको छ।
कारबाहीको विषयमा तालिबानको तर्फबाट भने हालसम्म कुनै टिप्पणी आएको छैन। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।