फुटौना(सर्लाही)– वामपन्थी पृष्ठभूमिबाट आएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका एक अध्यक्ष महेन्द्र राय यादव सर्लाहीबाट निर्वाचन नहार्ने नेताका रुपमा परिचित छन्। प्रदेश २ मा असोज २ मा हुने स्थानीय निकायको निर्वाचन तयारीका लागि गृहजिल्ला आएका यादव फुटौना गाँउमा एकजना शिक्षकको घरमा भेटिए।
यादवले अन्य प्रदेशमा सम्पन्न स्थानीय निर्वाचनमा राजपाले भाग नलिनुको प्रमुख कारण सरकारको ढिलासुस्ती रहेको आरोप लगाए। उनको विश्लेषणमा आसन्न निर्वाचन नवगठित राजपाका लागि जनतासम्म एकताको पहिचान लिएर पुग्ने एउटा अवसर हो। उनले निर्वाचनसमेत आन्दोलनकै मोर्चा अन्तर्गत रहेको बताउँदै मधेसी जनताले राजपालाई जिताउने विश्वास व्यक्त गरे।
निर्वाचनले तातिएको भित्री मधेसमा राजपाका अध्यक्ष यादवसँग नेपाल लाइभका लागि रुपेश श्रेष्ठले गरेको भिडियो वार्ता हेरौंः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।