काठमाडौं– माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय पेरिशडाडाँमा सुरु भएको छ। राष्ट्रियसभा निर्वाचन लगायत समसामहिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले केन्द्रीय सचिवालय बैठक बोलाएको हो।
बैठकमा पार्टी एकता र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउने व्यक्तिको विषयमा छलफल हुने नेता मणी थापाले बताए।
यसअघि बसेको माओवादी केन्द्रीय सचिवालय बैठकले पार्टी एकताको सम्पूर्ण जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।