विराटनगर- विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा बुधबार बिहान आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
विराटनगर–६ निवासी प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई आगो लाग्दा पसलमा रहेको आधाभन्दा बढी तयारी कपडा जलेर नष्ट भएको छ।
बिहान ५ बजेतिर आगलागी भएको र आगोलागीमा परी अनुमानित ४० लाख मूल्य बराबरको धनमाल क्षति भएको वडा प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र सिटौलाले बताए।
वारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको थियो। आगलागीको कारण र क्षतिको विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।