काठमाडौँ– राष्ट्रियसभा निर्वाचनको बारेमा छलफल तथा प्रदेशका विभिन्न पदहरुमा माओवादी केन्द्रसँग साझेदारीको विषयमा विस्तृत छलफल गर्न नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ। पार्टी मुख्यालयमा बैठक राखिएको छ।
पार्टीका कायममुकायम अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा दिउसो १ बजे बैठक बस्न लागेको हो। बैठक राष्ट्रियसभा निर्वाचनमा केन्द्रीत हुने एमाले नेता कृष्णगोपाल श्रेष्ठले बताए।
पार्टी अध्यक्ष केपी ओली बिहिबार मात्र फर्कने भएपछि गौतमको अध्यक्षतामा बैठक बोलाइएको हो। नियमित स्वास्थ्योपचारका लागि ओली गत २६ गते बैंकक गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।