भोजपुर- पहाडी जिल्ला भोजपुरमा चार दिनको अन्तरालमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ।
चार दिनको अन्तरालमा षडानन्द नगरपालिका–७ केउरेनी पानीका गोपाल दर्जीका १९ वर्षीया छोरी दिचना र पौवादुम्मा गाउँपालिका–१ श्यामसीलाका १२ वर्षीय नीरज तामाङको मृत्यु भएको हो।
दर्जीलाई आइतबार दिनको ४ बजेतिर खेत गोडेर फर्किने क्रममा कान्ले खोलाले बगाएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ भने तामाङलाई बिहीबार सदरमुकाम नजिकैको छङ्छङ्गे खालाले बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
दुवै मृतकको शव परीक्षण गरी आफन्तको जिम्मासमेत लगाइसकिएको प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।