काठमाडौं- प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न आज बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमतिको अन्तिम प्रयास गरे सफल हुन नसकेपछि हिजो बैठक बस्न सकेको थिएन। उनले एमाले र माओवादी केन्द्रका नेतासँग औपचारिक संवादको प्रयास गरे पनि संवाद हुन सकेन।
आज बिहान साढे ९ बजे बोलाइएको बैठक बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
दलीय सहमति जुट्न नसक्दा सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलाइ गरेको छ।
एमाले र माओवादी केन्द्रले संवैधानिक रुपमा प्रदेश प्रमुख र अस्थायी राजधानी निर्धारण गर्ने अधिकार सरकारलाई मात्र भएको बताउँदै त्यसमा आफ्नो सहमति नचाहिने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।